अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-२४
- A
- A-
- A+
कैलाली:- जिल्ला लम्कीचुहा न.पा.३ चिसापानी स्थित
टुक्की बजारबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १३० मिलिग्राम
सहित जिल्ला कालिकोट, खाँडाचक्र न.पा.३ बस्ने वर्ष २९ को जगदिश पाण्डेलाई इलाका
प्रहरी कार्यालय चिसापानी,
कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो शंका लागि चेकजाँच
गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।