प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामान बरामद

२०८०-०६-१६

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु,भिमदत्त नगरपालिका वडा नं.४ बसपार्कबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ३९,००७।– बराबरको मोबायलका कभरहरु,स्क्रिन कार्डहरु, ऐ.११ भुजेला र तिनताराबाट अन्दाजी मूल्य रु. ५,०५,३५०।- बराबरको जुत्ता,सुट,साडी,चेक सर्ट,मोबाईल स्क्रिन,मोबाईल कभर,मोबाईल चार्जर,डाटा केबल लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.५,४४,३५७।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु प्रहरीले आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको हो ।

 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२७

कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ जे.पी.चोक स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १२ ग्राम ७ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली जोशीपुर गा.पा.२ घर भई धनगढी उ.म.न.पा. ७ जे.पी.चोक स्थित कोठागरी बस्ने वर्ष २८ को रामलाल डगौरा र धनगढी उ.म.न.पा.७ बस्ने वर्ष २३ को अनिल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले रामलाल डगौराको कोठामा गोप्य सुचनाको आधारमा शंका लागि तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको छ  । यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ धनगढी गाउँ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १०० मिलिग्राम सहित जिल्ला कैलाली बर्दगोरिया गा.पा.२ घर भई हाल धनगढी उ.म.न.पा.८ कोठा गरी बस्ने वर्ष २० की मनिषा चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट  खटिएको प्रहरी टोलीले मंगलबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-२७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,२३,११०–  बराबरको मिठाई, भुटेको चना, सर्ति र किराना लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर :- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ गड्डाचौकी बजार स्थीत महेन्द्र राजमार्गबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,१८,०००।–  बराबरको रेडीमेट कपडा, साडी, सुट र कुर्ती लगायतका सामानहरु मंगलबार इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।  

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२६

कैलाली :- जिल्ला कैलाली धनगढी उ.म.न.पा. वडा नं ७ वेलि हनुमान मन्दिर स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम र नगद रु. ४,६७५।- रुपैया सहित सोही ठाउँ बस्ने ३० वर्षीय रमेश रानालाई सोमबार दिउँसो प्रहरी चौकी कनरी,कैलालीबाट  खटिएको प्रहरी टोलीले सोमबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ कञ्चनपुर :- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ४ उद्योग बाणिज्य संघ नजिक स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ८२ मिलिग्राम सहित जिल्ला बैतडी दोगडाकेदार गा.पा. ५ घर भई हाल भिमदत्त न.पा. १८ कोठा गरी बस्ने वर्ष २० को अशोक बिष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध ब्युरो शाखा महेन्द्रनगरबाट  खटिएको प्रहरी टोलीले सोमबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।