लागू औषध चरेस सहित दुई जना पक्राउ
२०८०-०७-०१
- A
- A-
- A+
दार्चुला:- जिल्ला
दार्चुला,मालिकार्जुन गा.पा.८
शंकरपुर पस्ती थक्तोली
स्थित सडक खण्डबाट १ किलो ६०० ग्राम लागू औषध चरेस जस्तो देखिने कालो
पदार्थ सहित जिल्ला बझाङ,बुंगल न.पा.७ बस्ने बर्ष ३६ को उज्जल बहादुर बोहरा र सोही ठाँउ
बस्ने बर्ष २८ को राम बहादुर बोहरालाई बुधबार बिहान
प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र प्रहरी चौकी शंकरपुर पस्ती दार्चुलाबाट
खटिई गएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त
पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको
छ ।