प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भिरबाट लडेर मृत्यु

२०८०-०७-१६

  • A
  • A-
  • A+
Share

बैतडी:-जिल्ला बैतडी, डिलासैनी न.पा. ४ फलेडी बस्ने वर्ष २७ की गोमा नेगी ऐ. पुर्चौडी न.पा. १ कोपिखेत बस्ने आफ्नो श्रिमानको दिदी (जेठी सासु) नाता पर्ने जानकी धानुकको घरमा घरायसी काममा सहयोग गर्न गएकीमा,पुर्चौडी न.पा.१ नेटा स्थित खर काट्ने क्रममा बुधबार दिउँसो भिरबाट लडेर गम्भिर घाईते भई पुर्चौडी स्वास्थ्य चौकीमा उपचार पश्चात थप उपचारको लागी धनगढी लैजाने क्रममा सोही राती बाटो मै मृत्यु भएको भनी डडेल्धुरा अस्पताल डडेल्धुराले मृत घोषणा गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।