प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अबस्थामा फेला

२०८०-०७-२२

  • A
  • A-
  • A+
Share

दार्चुला:- जिल्ला दार्चुला, लेकम गा.पा.नं.१ बन्डोली बस्ने दशरथ बिष्टको श्रीमती बर्ष ८० की कुष्मा बिष्ट ऐ.स्थित नौलाबाटा भिरबाट अन्दाजी २०० मिटर तल मंगलबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् । सोमबार दिउँसो घरबाट हराई बेपत्ता भए पछि स्थानिय र प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२९

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,३६०।– बराबरको कपडा समान,फलफुल शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     दार्चुला:-  जिल्ला दार्चुला शैल्यशिखर न.पा. ९ नकतडा भोल्याबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,१५०।– बराबरको कपडा, किराना लगायतका सामानहरु शनिबार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वर,दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।