मृत अबस्थामा फेला
२०८०-०७-२२
- A
- A-
- A+
दार्चुला:-
जिल्ला
दार्चुला, लेकम गा.पा.नं.१ बन्डोली बस्ने दशरथ बिष्टको श्रीमती बर्ष ८० की कुष्मा
बिष्ट ऐ.स्थित नौलाबाटा भिरबाट अन्दाजी २०० मिटर तल मंगलबार दिउँसो मृत अवस्थामा
फेला परेकी छन् । सोमबार दिउँसो घरबाट हराई बेपत्ता भए पछि स्थानिय र प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस
सम्बन्धमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट आवश्यक अनुसन्धान भईरहेको
छ ।