प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामान बरामद

२०८०-०८-२७

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१८,७२०।– बराबरको चिनी.मसला,बिडी,सलाई लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

बैतडी:- बैतडी जिल्लाको बिभिन्न स्थानहरु, दशरथचन्द न.पा. ८ घोचा भन्ने स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१८,५५०।– बराबरको धागो, जिरा, बिलेट, सलाई, टाउजर, कापी, चप्पल, खाने तेल लगायतका सामानहरु र दशरथचन्द न.पा. ८ झुलाघाटबाट अन्दाजी मूल्य रु. ९,९५०।–बराबरको सलाई,वदाम,चिनी,पेठा मिठाई,गुड पट्टी लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.२८,५००।– बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ चौराह स्थित भित्री सडक खण्डवाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.८५,०००।– बराबरको माछा र मोटरसाइकल थान-१ मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरि आबश्यक प्रक्रिया पुरा गरि उक्त माछा प्रहरीले नष्ट गरेको हो । 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा दुई जनाको मृत्यू
२०८३-०१-०२

    कैलाली:- मिति २०८३।०१।०१ गते १८:१० बजेको समयमा जिल्ला कैलाली लम्कीचुवा न.पा.वडा नं.७ गुलरा स्थित पुर्ब पश्चिम राजमार्गमा सु.प.प्र.०१-००१ ज १४२१ नं को हाईसले  बिपरित दिशा तर्फ जादै गरेको सु.प.प्र.०१-१३प ५१३९ नं मोटरसाईकललाई ठक्कर दिंदा मो.सा.मा सवार  जिल्ला कैलाली लम्किचुहा न.पा.८ बस्ने बर्ष ३३ को गगन राना मगर र ऐ.ऐ.बस्ने बर्ष २४ को पुष्प सुनार दुबै जना गम्भिर घाइते भइ उपचारको लागी टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यू भएको, हाईस प्रहरीको नियन्त्रणमा, चालकको खोजतलास भईरहेको । हाईस धनिलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।