अबैंध भन्सार छलिका सामान बरामद
२०८०-०९-१३
- A
- A-
- A+
कैलाली:- कैलाली
जिल्लाको बिभिन्न स्थानहरु,धनगढी उ.म.न.पा.२ ट्राफिकचोकबाट अबैंध रुपमा भारतबाट
भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३८,९५०।-बराबरको लेडिज सुट,धोती,कुर्ती,लेहेङ्गा,साडी,चप्पल
लगायतका सामानहरु,उ.म.न.पा.७ मनेहराबाट अन्दाजी मूल्य रु. ७,५००।-बराबरको बोईलर
कुखुरा र जोशीपुर गा.पा. १ पिपरकोटीबाट अन्दाजी मूल्य रु. २०,०००।-बराबरको जुत्ता,चप्पल
लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.६६,४५०।– बराबरको सामानहरु बिहीबार
प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि
नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर, पुनर्वास न.पा. ९ नेपाल भारत सिमा नाका नजिकबाट अबैंध रुपमा भारतबाट
भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८,७५०। बराबरको माछा बिहीबार प्रहरी गस्ती टोलीले फेला
पारी नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरि नष्ट गरेको हो ।