प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलिका सामान बरामद

२०८०-०९-१३

  • A
  • A-
  • A+
Share

कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु,धनगढी उ.म.न.पा.२ ट्राफिकचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३८,९५०।-बराबरको लेडिज सुट,धोती,कुर्ती,लेहेङ्गा,साडी,चप्पल लगायतका सामानहरु,उ.म.न.पा.७ मनेहराबाट अन्दाजी मूल्य रु. ७,५००।-बराबरको बोईलर कुखुरा र जोशीपुर गा.पा. १ पिपरकोटीबाट अन्दाजी मूल्य रु. २०,०००।-बराबरको जुत्ता,चप्पल लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.६६,४५०।– बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो ।         

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ९ नेपाल भारत सिमा नाका नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८,७५०। बराबरको माछा बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरि नष्ट गरेको हो । 

सम्बन्धित समाचार
अबैध लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-०४

   कैलाली:- धनगढी उपमहानगरपालिका वडा नं २ त्रिनगरबाट ६५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित जिल्ला कैलाली गोदावरी न.पा.१ बस्ने बर्ष २१ को राज बि.कलाई बिहिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    यसैगरी, धनगढी उपमहानगरपालिका वडा नं ३ त्रिनगरबाट २ ग्राम २२० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित जिल्ला कैलाली गोदावरी न.पा. ६ बडैया बस्ने बर्ष २२ को राज कुमार घर्तीलाई बिहिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।     यसैगरी, गोदावरी न.पा. १ स्थित शिवशक्ती महारुद्र स्टिल तथा आल्मुनियम उद्योगबाट ३ ग्राम ९२० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ऐ.ऐ. २ बस्ने  बर्ष २७ को दिकसन पन्तलाई विशेष सुचानाको आधारमा बिहिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।     कञ्चनपुर:- बेलौरी न.पा. ८ पचुई स्थित  जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ७ बस्ने बर्ष ३४ को माहादेव रानाले चलाएको से.७ प २९२५ नं.को मो.सा.मा सवार ऐ.ऐ.बस्ने बर्ष अं.२६ सुकविन्द्र राना समेतलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३२० मिलिग्राम सहित बिहिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरीले दुबै जनालाई मो.सा. सहित पक्राउ गरेको हो ।