अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका २ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६१,७५०।- बराबरको प्याज,चिनी,मिश्री,साडी,सुट,प्लाष्टिक, ट्याक्टरको बेरिंङ लगायतका सामानहरु र धनगढी उप-महानगरपालिका ३ ब्यारेल अगाडीबाट अन्दाजी मूल्य रु. २३,२००।- बराबरको प्याज,चिनी,मिश्री,सरफ,नरिवल,पानीपुरी लगायतका सामानहरु गरी जम्मा अन्दाजी मूल्य रु.८४,९५०।– बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,०४,५००।- बराबरको चिनी,मिश्री,सुर्ती,तेल,नरिवल,पेन्ट,थान कपडा लगायतका सामानहरु, बेलौरी न.पा. ६ भुराकोटबाट अन्दाजी मूल्य रु. ३२,०००।–बराबरको डिउ,सुर्ती,गुट्खा लगायतका सामानहरु र पुनर्वास न.पा.४ उपियाफाँटाबाट अन्दाजी मूल्य रु. १६,०००।–बराबरको प्याज गरी जम्मा अन्दाजी मूल्य रु.१,५२,५००।– बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।