प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८०-११-१४

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा.१ मनहराबाट १७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २७ को हेम सिंह साउदलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ रामजानकी टोल  स्थित सडक खण्डबाट ७७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित धनगढी.उ.म.न.पा. ५ हसनपुर बस्ने बर्ष २८ को बिराट रावललाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,निजले प्रयोग गरेको मोटरसाईकल थान-१ र उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    यसैगरी:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ सुकासालबाट १.७२ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित कृष्णपुर न.पा.२ बस्ने बर्ष २४ को बिजय पाल समेत दुई जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अस्थाई प्रहरी बिट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,निजहरुले प्रयोग गरेको मोटरसाईकल थान-१ र उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     यसैगरी:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ होल्डिङ्ग सेन्टरबाट ०.६७ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. १८ भगतपुर बस्ने बर्ष २३ को भुवन मगर र ऐ. ८ बस्ने बर्ष २१ को महेन्द्र डगौरालाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजहरु भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि, उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना घाइते
२०८३-०८-१२

    बाजुरा:- जिल्ला बाजुरा जगन्नाथ गा.पा.३ दाउणा स्थित पिलुचौरबाट मनिकाँडा तर्फ जादै गरेको सु.प.प्र.०१-००२ त ४६८७ नम्वरको ट्याक्टर सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार जगन्नाथ गा.पा.३ मनिकाँडा बस्ने वर्ष ४५ को धन रुप शाही र वर्ष ३५ को धर्म शाहीको सोमबार साँझ घटनास्थलमा नै मृत्यु भएको छ भने वर्ष ५२ की रामसरा देवी सिंहको उपचारको क्रममा कोल्टी आधारभुत अस्पताल बाजुरामा गएराति मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अन्य चालक सहित ४ जनाको कोल्टी आधारभुत अस्पताल बाजुरामा उपचार भइरहेको छ ।  दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०८-१२

    कैलाली:- जिल्ला कैलाली गौरीगंगा न.पा.८ लिक्मा शिविर स्थित लागूऔषधको कारोबार भइहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरोहिरोइन जस्तो देखिने धुलो पदार्थ १४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ व्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ५६० मिलिग्राम सहित शुक्लाफाँटा न.पा.११ बस्ने वर्ष २८ को जयराम तिरुवालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       डोटी:-  जिल्ला डोटी जोरायल गा.पा.२ मिल चौराहबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ७ किलो ८५ ग्राम सहित जिल्ला बझाङ दुर्गाथली गा.पा.५ जाफ्री बस्ने वर्ष २८ को बिरेन्द्र जप्रेल र बर्ष ४८ को ओम जंग बहादुर कडायतलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुर र इलाका प्रहरी कार्यालय बुडर, डोटीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बा ७७ प ८७०२ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०८-१२

     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,२६,३००।– बराबरको विभिन्न किसिमका कपडा, तरकारी, मोटरसाइकल थान-१ लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।        कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ बोराडाँडीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२६,५००।– बराबरको सुटपिस, साडी लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।