फरार प्रतिबादी पक्राउ
२०८०-११-१६
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा लागू औषध (खैरो हेरोईन) मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७८।०८।२२ गतेको फैसलाले १९ दिन कैद सजाय ठहर भई फरार रहेका जिल्ला कैलाली टिकापुर नगरपालिका १ बस्ने बर्ष २३ को तपेन्द्र ठकुल्लालाई ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझतिर निजकै घरबाट पक्राउ गरेको हो ।
यसैगरी:- बन मुद्दामा सम्मानित अदालतको फैसलाले रु.६५,२०५।- जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली गौरीगंगा न.पा. ८ बस्ने बर्ष ५० को डिल्ली राज जोशीलाई ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो निजकै घरबाट पक्राउ गरेको हो ।