प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८०-११-१६

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा लागू औषध (खैरो हेरोईन) मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७८।०८।२२ गतेको फैसलाले १९ दिन कैद सजाय ठहर भई फरार रहेका जिल्ला कैलाली टिकापुर नगरपालिका १ बस्ने बर्ष २३ को तपेन्द्र ठकुल्लालाई ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझतिर निजकै घरबाट पक्राउ गरेको हो । 

    यसैगरी:-  बन मुद्दामा सम्मानित अदालतको फैसलाले रु.६५,२०५।- जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली गौरीगंगा न.पा. ८ बस्ने बर्ष ५० को डिल्ली राज जोशीलाई ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो निजकै घरबाट पक्राउ गरेको हो । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२९

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,३६०।– बराबरको कपडा समान,फलफुल शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     दार्चुला:-  जिल्ला दार्चुला शैल्यशिखर न.पा. ९ नकतडा भोल्याबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,१५०।– बराबरको कपडा, किराना लगायतका सामानहरु शनिबार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वर,दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।