प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८०-११-१७

  • A
  • A-
  • A+
Share

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

निम्न:-

१.लागू औषध मुद्दामा ४ महिना ३ दिन कैद सजाय र रु.२,०००।- जरिवाना ठहर भएका जिल्ला कैलाली गादावरी न.पा.५ बस्ने दिनरश चौधरी ।

२.सरकारी छाप किर्ते मुद्दामा ५ महिना २८ दिन कैद सजाय र रु.५०,०००।– जरिवाना ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.१४ बस्ने धन बहादुर तामाङ् । 

३.सरकारी छाप किर्ते मुद्दामा ५ महिना २१ दिन कैद सजाय र रु.५०,०००।– जरिवाना ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.१४ बस्ने दोर्चे लामा ।

४.जुवातास मुद्दामा २६ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा. ४  बस्ने देवराज पाठक ।

५.बन मुद्दामा रु. २,९५९।-  जरिवाना ठहर भएका जिल्ला कैलाली गोदावरी न.पा.०७ बस्ने जिबन चौधरी ।

६.बन मुद्दामा रु.२,९५९।-  जरिवाना ठहर भएका जिल्ला कैलाली गोदावरी न.पा.०७ बस्ने भोज लाल चौधरी ।

७.बन मुद्दामा रु.२,९५९।-  जरिवाना ठहर भएका जिल्ला कैलाली गोदावरी न.पा.०७ बस्ने कर्मराज चौधरी ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२९

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,३६०।– बराबरको कपडा समान,फलफुल शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     दार्चुला:-  जिल्ला दार्चुला शैल्यशिखर न.पा. ९ नकतडा भोल्याबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,१५०।– बराबरको कपडा, किराना लगायतका सामानहरु शनिबार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वर,दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।