फरार प्रतिबादी पक्राउ
२०८०-११-१७
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
निम्न:-
१.लागू औषध मुद्दामा ४ महिना ३ दिन कैद सजाय र रु.२,०००।- जरिवाना ठहर भएका जिल्ला कैलाली गादावरी न.पा.५ बस्ने दिनरश चौधरी ।
२.सरकारी छाप किर्ते मुद्दामा ५ महिना २८ दिन कैद सजाय र रु.५०,०००।– जरिवाना ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.१४ बस्ने धन बहादुर तामाङ् ।
३.सरकारी छाप किर्ते मुद्दामा ५ महिना २१ दिन कैद सजाय र रु.५०,०००।– जरिवाना ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.१४ बस्ने दोर्चे लामा ।
४.जुवातास मुद्दामा २६ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा. ४ बस्ने देवराज पाठक ।
५.बन मुद्दामा रु. २,९५९।- जरिवाना ठहर भएका जिल्ला कैलाली गोदावरी न.पा.०७ बस्ने जिबन चौधरी ।
६.बन मुद्दामा रु.२,९५९।- जरिवाना ठहर भएका जिल्ला कैलाली गोदावरी न.पा.०७ बस्ने भोज लाल चौधरी ।
७.बन मुद्दामा रु.२,९५९।- जरिवाना ठहर भएका जिल्ला कैलाली गोदावरी न.पा.०७ बस्ने कर्मराज चौधरी ।