भिरबाट लडेर मृत्यु
२०८०-११-२६
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला, नौगाड गाउँपालिका ५ घट्टकसार बस्ने बर्ष अन्दाजी ५२ को दल बहादुर धामी ऐ. घट्टखोला स्थित भिरबाट अन्दाजी ५०/६० मिटर खसेर शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन । ऐ. गाउँपालिकाको सातौं स्थापना दिवस कार्यक्रममा सहभागी भई घर तर्फ फर्कने क्रममा शुक्रबार भिरबाट लडी मृत्यु भएको खबर शनिबार बिहान प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुला समेतबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको छ ।