अबैध काठ बरामद
२०८०-१२-२९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, कैलारी गा.पा.५ सडकपुर स्थित गोरु गाडामा ल्याउदै गरेको अबस्थामा सालको गोलिया थान-१ (५८.०३ क्युफिट) अबैध काठ सहित गोरु गाडालाई प्रहरीले मिति २०८०।१२।२९ गतेको बिहान अन्दाजी ०२:४५ बजेतिर नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित काठ सहित गोरु गाडालाई आवश्यक कारवाहीको लागि प्रहरीले सब डिभिजन बन कार्यालय बसन्ताको जिम्मा लगाउने पहल भईरहेको छ ।