प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८१-०१-१०

  • A
  • A-
  • A+
Share

     कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा रु.५,०१,०००।–(पाँच लाख एक हजार) र जाल साक्षी मुद्दामा रु.८,६०,०००।-(आठ लाख साठी हजार)  जरिवाना ठहर भई फरार रहेकी जिल्ला कैलाली, धनगढी उ.म.न.पा.८ बस्ने बर्ष ४० की चन्द्रादेवी बोहरालाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो । 


सम्बन्धित समाचार
अवैध लागूऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८३-०५-१३

     कञ्चनपुर:-  जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ गजरौला स्थित गोप्य सुचनाको आधारमा अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ १३ किलो ९०५ ग्राम सहित जिल्ला बझाङ, बुंगल न.पा.१ दहबगर बस्ने वर्ष २२ को कलक धामीले चलाएको सु.प.प्र.०१-००१ च ४८११ नम्बरको सेतो रंगको बलेरो पिकअप जिप र सोही जिपमा सवार ऐ. केदारस्यु गा.पा.७ काँडाचौर बस्ने वर्ष ५० को करन धामीलाई शुक्रबार राति इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोष्ट गजरौला, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिपको बोनटमा लुकाई चिपाई राखेको अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, जिप सहित दुवै जनालाई पक्राउ गरेको छ ।       बझाङ:-  जिल्ला बझाङ बित्थडचिर गा.पा.४ मल्लो भत्तडा स्थित सोही ठाउँ बस्ने वर्ष ३१ को विर बहादुर बोहराले सञ्चालन गरेको बोहरा किराना पसलमा  जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले खानतलासी गर्दा पसल भित्र लुकाई छिपाई राखेको अवस्थामा ४०० ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ  फेला पारी उक्त चरेश सहित निजलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१२

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,१५,६५०।– बराबरको चिनी, बिडी, सुर्ति, बुक्रम, भाँडा वर्तन, किराना लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,१३,३९०।– बराबरको सुटपिस, धोति, किराना लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।