प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०१-१५

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली,  गोदावरी न.पा. ८ बस्ने टिकाराम जोशीको काठले बनेको १ तले कच्ची घरमा शुक्रबार दिउँसो बिद्युतिय मिटर बक्स सर्ट भई अचानक आगलागी हुँदा घरभित्र रहेका नगद,सुन, अन्नपात, भाँडावर्तन, लत्ता कपडा लगायतका सामानहरु गरि अन्दाजी रु. ५,००,०००।– (पाँचलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

यसैगरी,  जोशीपुर गा.पा. १ स्थित जोशीपुर बस्ने नन्दन बोहराले सञ्चालन गरेको कुखुरा फर्ममा जोशीपुर भजनी सडक किनारमा रहेको बिद्युतको पोलबाट अचानक तार सर्ट हुन गई शुक्रबार दिउँसो आगलागी हुँदा कुखुरा फर्म र फर्ममा रहेका ४ क्विन्टल कुखुरा गरि अन्दाजी रु.२,००,०००।– (दुईलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

यसैगरी,  भजनी न.पा.२ पल्टुपुर बस्ने बस्ने कृष्ण बुढाको गहुँ काटेको खेतमा (गहुको भुसामा) आगलागी हुदाँ आगो हावाको कारणले सर्दै सोही ठाउँ बस्ने जित बहादुर बि.क. र राम लखन चौधरीको काठ र खरले बनेको भुईतले कच्ची घरहरुमा शुक्रबार दिउँसो आगलागी हुँदा दुई वटै घर लगायतका सामानहरु गरि अन्दाजी रु. १,८०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

यसैगरी, जानकी गा.पा ९ पुर्वि खैरिफाँट बस्ने रमेश जैशीको खरले छाएको गाइगोठमा  शुक्रबार दिउँसो अचानक आगलागी हुँदा गाइगोठ पुर्ण रुपमा जलेर अन्दाजी रु.५०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानिय सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर,  पुनर्वास न.पा. ५  बस्ने बाहाली रानाको चार कोठे पक्की घरको उत्तर दक्षीण पट्टीको कोठामा राखेको फ्रिजको स्टिपलाइजरमा शुक्रबार दिउँसो बिद्युतको सट हुन गइ आगलागी हुँदा सो कोठामा राखिएका फ्रिज,काठको दराज,TV,काठको पलङ, टेबुल फ्यान,सिलिङ फ्यान,लत्ताकपडा लगायतका सामानहरु गरि अन्दाजी रु. २,००,०००।– (दुईलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

यसैगरी,  शुक्लाफाटा न.पा. ७ र बस्ने नरेस ठगुन्नाको एकतले काठले बनेको कच्ची बाख्राको गोठमा शुक्रबार अचानक आगलागी हुँदा गोठभित्र रहेका २ वटा बाख्रा जलले मृत्यु भएको र एउटा बाख्रा जलेर घाईते भएको हो ।  उक्त आगलगीबाट गोठ र गोठ भित्र रहेका काठ लगायतका सामानहरु गरि अन्दाजी रु. १,५०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

    डडेल्धुरा:- जिल्ला डडेल्धुरा,  आलिताल गा.पा. ५ सिराडी बस्ने अम्बीका सार्कीको ३ कोठे २ तले काठले बनेको खरले छाएको कच्ची घरमा नजिकै रहेको बालवान सामुदायिक बनमा लागेको आगोबाट शुक्रबार आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात,भाँडा वर्तन, लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । आगलागीबाट भएको क्षतीको विवरण आउँन वाँकि रहेको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-१७

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलन चोक र ऐ. ८ राधास्वामी मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३९,३९०।– बराबरको पङखा, किराना लगायतका सामानहरु वुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ५ बनगाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३,९७,१००।– बराबरको मोवेल, मार्वल कटर, गेटवाल, भारतिय नम्वर प्लेटको मोटरसाइकल थान-१ लगायतका सामानहरु वुधवार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको हो ।

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-१७

      कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ राधास्वामी मन्दिर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २०० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० को संजय रानालाई वुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।       यसैगरी,  जिल्ला कैलाली भजनी न.पा.५ गुलरियाघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ५०० मिलिग्राम सहित २ जनालाई वुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, गौरीगंगा न.पा.४ बस्ने बर्ष २० को करन बि.क. र सोही ठाउँ बस्ने बर्ष २६ को चन्दरे टमट्टा रहेका छन् । इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१२ प ९०१०  नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।      यसैगरी,  जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ५ ग्राम ७० मिलिग्राम सहित ३ जनालाई वुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, जानकी गा.पा.१ बस्ने बर्ष ४४ को सुरेन्द्र चौधरी, सोही ठाउँ बस्ने बर्ष ३० को भुवन कठरिया र सोही ठाउँ बस्ने बर्ष २१ को प्रसन चौधरी रहेका छन् । बिशेष गोप्य सुचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भजनी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुईवटा साइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, साइकल सहित निजहरु तिनै जनालाई पक्राउ गरेको हो ।         कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१० कञ्चनपुर भन्सार ब्यारेल नजिकबाट ५ ग्राम ६० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा.११ बडैपुर बस्ने बर्ष २९ को रबिन बिष्टलाई वुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलीले युके.०३ टिए ७७२७ नम्बरको भारतिय कारलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त कार सहित निजलाई पक्राउ गरेको हो ।         यसैगरी, जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा. २ क्याम्प चेकपोष्ट नजिकबाट २ ग्राम ६०० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई वुधवार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष २३ को मनिष थापा र बेलडाँडी गा.पा.५ झिलमिला बस्ने बर्ष २५ को मनोज खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।

आगलागीबाट ४ चौपायाको जलेर मृत्यू
२०८३-०१-१६

  बझाङ :-  जिल्ला बझाङ मष्टा गा.पा.५ द्धारी बस्ने राजेन्द्र कठायतको ढुङगा माटोले बनेको दुई तले दुई कोठे कच्ची घरमा गएराती आगलागी हुँदा गोठमा बाधेका २ वटा  गोरुको जलेर मृत्यु भएको हो । आगलागीबाट घर पुर्ण रुपमा जलेको, मानविय क्षती केही नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।     बैतडी :-  जिल्ला बैतडी सिगास गा.पा.५ ठुला खोला स्थित जगनाथ धामीको खरले छाएको गोठमा मंगलबार दिउसो आगलागी हुँदा २ वटा भैसीको जलेर मृत्यु भएको र २ वटा भैसी जली घाईते भएका छन । आगलागीबाट गोठ जलेर नष्ट भएको हो, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो । 

२ जना फरार प्रतिवादी पक्राउ
२०८३-०१-१६

   कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बहुविबाह मुद्दामा १८ दिन कैद सजाय र रु.५,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली धनगढी उ.म.न.पा.१८ बस्ने गोमा बोहरा बयडीलाई इलाका प्रहरी कार्यालय बहुलिया,कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।   कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।३० गतेको फैसलाले अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी कसुर मुद्दामा १० वर्ष कैद सजाय र रु.३,००,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा. १० बस्ने वर्ष ४५ को मोहन सिह ऐरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउसो जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ४ दशरथचोक निजकैबाट पक्राउ गरेको हो ।