प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०१-१५

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली,  गोदावरी न.पा. ८ बस्ने टिकाराम जोशीको काठले बनेको १ तले कच्ची घरमा शुक्रबार दिउँसो बिद्युतिय मिटर बक्स सर्ट भई अचानक आगलागी हुँदा घरभित्र रहेका नगद,सुन, अन्नपात, भाँडावर्तन, लत्ता कपडा लगायतका सामानहरु गरि अन्दाजी रु. ५,००,०००।– (पाँचलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

यसैगरी,  जोशीपुर गा.पा. १ स्थित जोशीपुर बस्ने नन्दन बोहराले सञ्चालन गरेको कुखुरा फर्ममा जोशीपुर भजनी सडक किनारमा रहेको बिद्युतको पोलबाट अचानक तार सर्ट हुन गई शुक्रबार दिउँसो आगलागी हुँदा कुखुरा फर्म र फर्ममा रहेका ४ क्विन्टल कुखुरा गरि अन्दाजी रु.२,००,०००।– (दुईलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

यसैगरी,  भजनी न.पा.२ पल्टुपुर बस्ने बस्ने कृष्ण बुढाको गहुँ काटेको खेतमा (गहुको भुसामा) आगलागी हुदाँ आगो हावाको कारणले सर्दै सोही ठाउँ बस्ने जित बहादुर बि.क. र राम लखन चौधरीको काठ र खरले बनेको भुईतले कच्ची घरहरुमा शुक्रबार दिउँसो आगलागी हुँदा दुई वटै घर लगायतका सामानहरु गरि अन्दाजी रु. १,८०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

यसैगरी, जानकी गा.पा ९ पुर्वि खैरिफाँट बस्ने रमेश जैशीको खरले छाएको गाइगोठमा  शुक्रबार दिउँसो अचानक आगलागी हुँदा गाइगोठ पुर्ण रुपमा जलेर अन्दाजी रु.५०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानिय सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर,  पुनर्वास न.पा. ५  बस्ने बाहाली रानाको चार कोठे पक्की घरको उत्तर दक्षीण पट्टीको कोठामा राखेको फ्रिजको स्टिपलाइजरमा शुक्रबार दिउँसो बिद्युतको सट हुन गइ आगलागी हुँदा सो कोठामा राखिएका फ्रिज,काठको दराज,TV,काठको पलङ, टेबुल फ्यान,सिलिङ फ्यान,लत्ताकपडा लगायतका सामानहरु गरि अन्दाजी रु. २,००,०००।– (दुईलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

यसैगरी,  शुक्लाफाटा न.पा. ७ र बस्ने नरेस ठगुन्नाको एकतले काठले बनेको कच्ची बाख्राको गोठमा शुक्रबार अचानक आगलागी हुँदा गोठभित्र रहेका २ वटा बाख्रा जलले मृत्यु भएको र एउटा बाख्रा जलेर घाईते भएको हो ।  उक्त आगलगीबाट गोठ र गोठ भित्र रहेका काठ लगायतका सामानहरु गरि अन्दाजी रु. १,५०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

    डडेल्धुरा:- जिल्ला डडेल्धुरा,  आलिताल गा.पा. ५ सिराडी बस्ने अम्बीका सार्कीको ३ कोठे २ तले काठले बनेको खरले छाएको कच्ची घरमा नजिकै रहेको बालवान सामुदायिक बनमा लागेको आगोबाट शुक्रबार आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात,भाँडा वर्तन, लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । आगलागीबाट भएको क्षतीको विवरण आउँन वाँकि रहेको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-१२

कैलाली:- जिल्ला कैलाली भजनी न.पा.५ कुटीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.८१,७००।– बराबरको विभिन्न किसिमका भाँडा वर्तन, वच्चाका खेलौना, कस्मेटिक लगायतका सामानहरु बुधबार वेलुकी इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७,५६,८५०।– बराबरको विभिन्न किसिमका कपडा, बिडी, सुर्ति, पटका, मिठाई, मोबाईल डिस्प्ले, मोबाईल चार्जर, मोबाईल ग्लास, एयर फोन, स्मार्ट वाच (घडी), मोबाईल ब्याट्री, मोबाईल स्पिकर, माछा, बोइलर कुखुरा लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१२

      कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ मरियाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ७ सय २० मिलिग्राम सहित टीकापुर न.पा.३ बस्ने वर्ष १९ को सुमित सुनार र वर्ष २० को अभिषेक बि.क.लाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो से ४ प ७२४२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     यसैगरी, जिल्ला कैलाली भजनी न.पा.५ पगियापसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २१ को दिपक बुढा र १७ वर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ से ७ प ७४२ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ बुद्धचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित जोशीपुर गा.पा.१ बस्ने वर्ष २९ को नराज चौधरी, वर्ष २१ को अनुप चौधरी, १८ वर्षिय किशोर र ऐ.३ बस्ने वर्ष २२ को प्रेम चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गएराति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८३-०७-११

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ एल. एन. चोक स्थित गोदावारी न.पा.६ बस्ने वर्ष ३३ को सुरेश चौधरीले चलाएको सु.प.प्र.०१००१ च ३०२३ नम्वरको पिकअप जिपलाई शंका लागि चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९,६८,७६९।- ( नौ लाख अठसट्ठी हजार सात सय उनान्सत्तरी ) बराबरको सुर्ति, किराना, जिप सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि निजलाई नियन्त्रणमा लिएको छ ।              कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,५१५।- बराबरको पेय पदार्थ, खाने तेल, बिडी, सुर्ति, नमकिन, विउ विजन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको छ ।