प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध लागू औषध सहित मानिस पक्राउ

२०८१-०१-१६

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ९ मसानघाटबाट २१० मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २५ को दिनेश बोहरालाई  शनिबार राती प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । 

    यसैगरी, गोदावरी न.पा.२ तेघरीबाट २५० मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २५ को बिजय लामालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरी टोलीले आफ्नै घरकोठामा बसिरहेको अवस्थामा खानतलासी गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । 

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ६ ऐठपुरबाट ०.२२१ मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २८ को हरिश जोशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । 

    यसैगरी, बेलौरी न.पा.६ बैशाखाबाट १.६५ ग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २८ को हरिश जोशी धनगढी उप-महानगरपालीका १ बस्ने बर्ष १९ की दिक्षा लामीछाने समेत दुईजनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी,उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-३१

   कैलाली:- मिति २०८१।०१।३० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.४ बसपार्क र गोदावरी न.पा.१ धनगढी रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७८,३००।– बराबरको वाटर पम्प (गाडीको पार्ट ), ईनभटर, बच्चाको मोजा, जेन्स मोजा, स्कुटर थान -१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।   कञ्चनपुर:- मिति २०८१।०१।३० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० जिमुवा जाने बाटोबाट र पुनर्वास न.पा. ११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४७,४८०।– बराबरको लेडिज सुट, ब्रा, जेन्स टि-सर्ट, कपडा, कस्मेटिकका सामान, समर कुल लगन कुलर लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८१-०१-३१

    कञ्चनपुर:- मिति २०८१।०१।३० गते १५:३० बजेको समयमा जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.१० गड्डाचौकीबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष २६ को नबिन कार्कीको घरबाट १९५ ग्राम चरेश जस्तो देखिने कालो पदार्थ, बर्ष २१ को दिपक कार्कीको घरबाट १.५८ ग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ र बर्ष २७ को कुश कार्कीको घरबाट ०.१५ ग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ गरि जम्मा १९५ ग्राम चरेश जस्तो देखिने कालो पदार्थ र १.७३ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित तिनै जनालाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।   कैलाली:- मिति २०८१।०१।३० गते २०:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० चकमेलीघाट नजिकबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष २२ को बिषेश नाथ योगी र बर्ष २७ को राजेन्द्र भाटलाई २४० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।