प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलीका सामान बरामद

२०८१-०१-१८

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०१।१७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ त्रिवेणीघाट, ऐ.९ बङग्राकटान नजिक र ऐ.१३ आयुर्बेदिक अस्पताल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,०७,५५०।–बराबरको प्याज, कोट पेष्टीङ, कोटको चेस्ट, पाईन्टको भेल ग्रुप, पाईन्टको हुक, सर्टको बटन, ज्याकेटको फाईबर, साईकलका ट्युव, प्लाष्टिक डोरी  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-१२

      कञ्चनपुर:- कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ सिहपुर बस्ने ३१ वर्षीय जनक चौधरी र सोही नगरपालिका-४ बस्ने ३० वर्षीय देबेन्द्र ओड रहेका छन् । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.५ वेलाजाने सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १४० मिलिग्राम सहित धनगढी उ.म.न.पा. ११ बस्ने बर्ष १९ को प्रेम योगीलाई विहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।