अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-१६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ ट्राफिक चौराहबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १०० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २२ को अबिशेक शर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।