प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०१-२४

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८१।०१।२४ गते ११:०० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा. ४ बुढितोला नजिकै उत्तर बाट दक्षिण तर्फ आउँदै गरेको सु.प.प्र.०२-००१ ख १२८७  नम्बरको बस र विपरित दिशा तर्फ जादै गरेको सु.प.प्र.०१-०११ प ९४७६ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिन जाँदा मोटरसाईकल चालक जिल्ला डडेल्धुरा आलिताल गा.पा. १ बस्ने बर्ष अन्दाजी ५५ को पुर्ण बहादुर ऐरको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको, उक्त बस र बस चालक जिल्ला बैतडी पाटन न.पा.१ बस्ने बर्ष २६ को चन्द्र देब पन्तलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१८

    कैलाली:-  कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७७,०००।– बराबरको कपडा,प्लाष्टिक पोलिथिन लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भि.न.पा. वडा नं ११ गड्डाचौकी स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०६,९००।– बराबरको पटाकाहरु बुधबार इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

फरार प्रतिवादी पक्राउ
२०८३-०५-१६

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष कैद सजाय र रु.२,०००।- (दुई हजार)  जरिवाना तोकिएको जोशीपुर गा.पा.५ बस्ने वर्ष ४० को टेक बहादुर मौनीलाई इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।      दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको मिति २०८२।१०।१८ गतेको फैसलाले लागूऔषध (चरेश) मुद्दामा ९ दिन कैद सजाय तोकिएको महाकाली न.पा.४ बस्ने वर्ष २२ को बिजय टमटालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१६

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,३९,०००।– बराबरको सुटपिस, कुर्ति, सुर्ति लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ५ तिनताराबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३४,७३८।– बराबरको मुकुट, माला, चोली, बासुरी लगायतका सामानहरु सोमबार अस्थायी प्रहरी बिट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।