अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-१९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मोति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १८० मिलिग्राम सहित सोही उ.म.न.पा.१५ बस्ने वर्ष २२ को राधेश्याम चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ कान्तिपुर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६६० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष १९ प्रबत चौधरी, कैलारी गा.पा.५ बस्ने वर्ष २० को सुजित चौधरी र ऐ. बस्ने वर्ष ४२ को श्याम बहादुर चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार बेलुकी शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।