अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-३१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०१।३० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.४ बसपार्क र गोदावरी न.पा.१ धनगढी रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७८,३००।– बराबरको वाटर पम्प (गाडीको पार्ट ), ईनभटर, बच्चाको मोजा, जेन्स मोजा, स्कुटर थान -१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०१।३० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० जिमुवा जाने बाटोबाट र पुनर्वास न.पा. ११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४७,४८०।– बराबरको लेडिज सुट, ब्रा, जेन्स टि-सर्ट, कपडा, कस्मेटिकका सामान, समर कुल लगन कुलर लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।