प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-०२-०८

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०२।०८ गते १४:१० बजेको समयमा  जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ सालघाडी सुकुम्बासी टोलमा वतन नखुलेका बिगत १०/१५ बर्ष देखी सुकुम्बासी टोल बस्दै आएका बर्ष अन्दाजी ५५/५६ को लाल बहादुर थापा मृत अवस्थामा फेला परेका छन । यस सम्बन्धमा वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८३-०४-३०

कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०४।२९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।१.    वन्यजन्तु तथा अबैध शिकार मुद्दामा जनही २१ दिन कैद सजाय र रु.५,०००।– (पाँच हजार) जरिवाना तोकिएका लालझाडी गा.पा.५ देखतभुली बस्ने वर्ष ३९ को श्याम कुमार राना, ऐ. बस्ने वर्ष ४० को जङ्ग बहादुर राना र ऐ. बस्ने वर्ष ४१ को राम साहेब राना  ।२.    चोरी मुद्दामा १ महिना ६ दिन कैद सजाय तोकिएको भिमदत्त न.पा.१ राजिपुर बस्ने वर्ष २५ को पंकज मिस्त्री ।        अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको फैसलाले लागूऔषध खैरो हेरोइन मुद्दामा ९ दिन कैद सजाय तोकिएको बान्निगढी जयगढ गा.पा.२ जनालिकोट बस्ने नबिन राज उपाध्यायलाई प्रहरी चौकी जयगढ, अछामबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।