अबैध भन्सार छलिका सामान बरामद
२०८१-०२-१८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०२।१७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा २ ट्राफिक चौराह, ऐ. ३ पक्की कुवा, भजनि न.पा.३ कुसुम घाट र कनैयापुर, ऐ.५ जुठाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२८,९७०।– बराबरको चिनी, बिडी, सुर्ती, पानीपुरी, मैदा, पास्ता, साबुन, पर्दा, प्रिन्ट केमिकल, प्रिन्ट पेन्ट, मेहेन्दी, छाता लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०२।१७ गते ०८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७३,७००।– बराबरको जुत्ता, चप्पल, बिलेट, सुर्ती, नारिवलको तेल, बड्डे स्टीकर, पाटी पेपर, केन्डिल, बेलुन, धागो, नल्का लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।