सवारी दुर्घटनामा मृत्यु
२०८१-०२-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०२।२१ गते २०:३५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.४ भालुफटा स्थित पुर्व-पश्चिम राजमार्गमा पुर्व देखी पश्चिम तर्फ गईरहेको से ७ प १८७८ नम्बरको मोटरसाईकलले सोही ठाउँ बस्ने बर्ष अन्दाजी ५०/५१ को पैदलयात्री नर बहादुर धामीलाई ठक्कर दिदा गम्भिर घाईते भई घोडाघोडी अस्पताल सुखड, कैलाली हुँदै निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको, मोटरसाईकल चालक ऐ. ४ बस्ने बर्ष ४५ को टेकेन्द्र नेपालीको घोडाघोडी अस्पताल सुखड कैलालीमा उपचार भईरहेको, उक्त मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको