फरार प्रतिवादी पक्राउ
२०८१-०३-०७
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०३।०६ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. किर्ते मुद्दामा ५ महिना ८ दिन कैद सजाय तोकिएको धनगढी उ.म.न.पा. १५ बस्ने बर्ष ४० को राम कृष्ण राना ।
२. किर्ते मुद्दामा ५ महिना ८ दिन कैद सजाय तोकिएको धनगढी उ.म.न.पा. १५ बस्ने बर्ष ३० को राम अप्तार राना ।
३. सार्वजनिक मुद्दमा रु.२,०००।– जरिवाना तोकिएको धनगढी उ.म.न.पा.७ बस्ने ३० को प्रकाश खडायत ।
४. लागु औषध मुद्दामा १ महिना कैद सजाय तोकिएको गोदावरी न.पा. ५ बस्ने बर्ष २५ को हरि कुमार खुना ।
५. लागु औषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको टीकापुर न.पा. ३ बस्ने बर्ष ३४ को रामसेवक चौधरी ।