प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०३-११

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०३।१० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा ३ ट्राफिक चौराहा, केदार टोल र ब्यारेल, ऐ.४ बसपार्क र गोदावरी न.पा.३ मालाखेती चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७०,३८५।– बराबरको प्याज, चिनी, दाल, जिरा, साबुन, खुर्सानी, पास्ता, सुर्ती, किरानाका सामान, ल्याएको कुर्ती, सुट, कुर्ता सुरवाल, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२६

     कैलाली:-  मिति २०८२।०८।२५  गते १८:३० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी स्थित लियाक्सन होटल अगाडी सडकमा संकास्पद रुपमा हिडिरहेको अवस्थामा  ऐ. गोदावरी न.पा.३ चौकीडांडा बस्ने वर्ष २३ को सागर वि.क.लाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजलाई सोधपुछ गर्दा सोही स्थान नजिकै रहेको दिपा कुमारी बिष्टले संचालन गरेको लियाक्सन होटलबाट उक्त लागु औषध (खैरो हेरोईन) खरिद गरी ल्याएको हुँ भन्ने सूचना पश्चात उक्त होटलमा समेत खानतलासि गर्दा होटलको बरण्डाको बल्क (इटा) मुनी लुकाई छिपाई राखेको अवस्थामा १०० मिलीग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निज सागर वि.क.लाई इलाका प्रहरी कार्यालय चिसापनी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको र निज होटल संचालक दिपा कुमारी बिष्ट फरार रहेकाले खोजतलास भइरहेको,  थप अनुसन्धान भईरहेको  ।          यसैगरी:- मिति २०८२।०८।२५ गते १९:३० बजेको समयमा इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी स्थित १ नम्बर पुलबाट नयाँवस्ती जाने सडक किनारमा सोही ठाउँ बस्ने वर्ष ५५ को रति कठायतले सञ्चालन गरेको खोका पसलमा शंका लागी चेकजाँच गर्दा उक्त खोका भित्र काठको र्‍याकमा स्टिलको डिब्बा थान २ (दुई ) र प्लाष्टिकको डिब्बा थान १ (एक) भित्र लुकाई छिपाई राखेको अवस्थामा १ किलोग्राम १६० ग्राम लागुऔषध गाँजा फेला पारि उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-२६

    कञ्चनपुर:- मिति २०८२।०८।२५ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ बसपार्क स्थित सडक र ब्रहमदेब हाईवेबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४५,०१,१७९।– बराबरको IPhone मोबाईल, डोरी, बेल्ट, सवारी साधन मर्मत गर्ने सर समान लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।     कैलाली:- मिति २०८२।०८।२५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ बुद्धचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६९,५००।–बराबरको बिभिन्न किसिमका पटका, माछा मार्ने जाल, जाल बाध्ने डोरी, बल्छि धागो लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

सवारी दुर्घटनामा मृत्यु
२०८२-०८-२६

    कैलाली:- मिति २०८२।०८।२५ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, घोडघोडी न.पा.१० स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १ त ५९०६ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको ऐ.९ सिखरझाला बस्ने बर्ष ५२ को अजुवा सार्कीले चलाएको गोरू डल्लबलाई ठक्कर दिई दुर्घटना हुँदा निज अजुवा सार्की गम्भिर घाइते भई  उपचारको लागि सि.यस.अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, ट्याक्टर साहु जिल्ला कैलाली, घोडाघोडी न.पा.९ रतिपुर बस्ने बर्ष २५ को मंगल बटालालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको, ट्याक्टर चालक फरार रहेकाले खोजतलास भइरहेको, ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको ।