प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबी मृत्यु

२०८१-०३-१७

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०३।१६ गते ११:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १२ स्थित महाकाली पक्की पुलमा लेवरी काम गर्ने जिल्ला सुर्खेत, बाराहाताल गा.पा. ७ घर  भएको वर्ष ४५ को धन बहादुर गुरुङ ऐ.स्थित महाकाली नदीमा माछा मार्न गएको अवस्थामा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुना साथ इलाका  प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुर समेतबाट प्रहरी टोली खटि गइ खोजतलास गर्दा १८:०५ बजेको समयमा मृत अवस्थामा फेला पारेको,  सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।