प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलिका सामान बरामद

२०७९-१०-२३

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।१०।२२ गते आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली,ईलाका प्रहरी कार्यालय हसुलिया,प्रहरी चौकी त्रिनगरबाट खटिई गएको प्रहरी टोलीले कैलालीका बिभिन्न स्थानहरुबाट अबैंध भन्सार चोरी छलीका अन्दाजी रु.३०,५००।– बराबरको चिनी,केराउ,कपडा,चकलेट,साईकलको सामानहरु सहित धनगढी उप-महानगरपालिका २ ट्राफिक चोकबाट ऐ. ३ बस्ने बर्ष २७ को कुवेर महरालाई  समेत नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु सहित मानिसलाई आवश्यक कारबाहीको लागी कैलाली भन्सार कार्यालयमा पठाईएको हो ।

सम्बन्धित समाचार
अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-१९

    कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मोति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १८० मिलिग्राम सहित सोही उ.म.न.पा.१५ बस्ने वर्ष २२ को राधेश्याम चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ कान्तिपुर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६६० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष १९ प्रबत चौधरी, कैलारी गा.पा.५ बस्ने वर्ष २० को सुजित चौधरी र ऐ. बस्ने वर्ष ४२ को श्याम बहादुर चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार बेलुकी शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१८

    कैलाली:-  कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७७,०००।– बराबरको कपडा,प्लाष्टिक पोलिथिन लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भि.न.पा. वडा नं ११ गड्डाचौकी स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०६,९००।– बराबरको पटाकाहरु बुधबार इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।