प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०७-१४

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८१।०७।१३ गते २०:३० बजेको समयमा गोप्य सूचनाको आधारमा  इलाका प्रहरी कार्यालय त्रिभूवनबस्ती, लागू औषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट IBRD, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जिल्ला कञ्चनपुर, पुर्नवास न.पा.३ IBRD बजारबाट जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ हसनपुर बस्ने वर्ष ३१ को अमित कुमार वर्णवारको साथबाट ११८ ग्राम ३६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा निज, उक्त पदार्थ र निजको साथमा रहेकी जिल्ला कञ्चनपुर, बेलौरी न.पा.२ टेडुवा बस्ने वर्ष ४० की सिता देवी चौधरीलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

     कैलाली:- मिति २०८१।०७।१३ गते १८:०५ बजेको समयमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, जानकी गा.पा.७ मोतिनगर स्थित सडक छेउमा भत्केको पुरानो घरको कोठा भित्र सामुहिक रुपमा लागु औषध गाँजा सेवन गरिरहेको अवस्थामा जिल्ला कैलाली, जानकी गा.पा.७ बस्ने बर्ष २२ को बिक्रम विश्‍वकर्मा, बर्ष १९ को प्रविन सिंह, बर्ष २१ को बिरेन्द्र बि.क., बर्ष २१ को रिजन विश्‍वकर्मा, बर्ष २२ को राहुल बि.क. ऐ. बर्दगोरिया गा.पा.४ बौनिया बस्ने बर्ष १९ को हेमन्त तिरुवा, बर्ष २६ को तेजश विश्‍वकर्मा र बर्ष २५ को बिर्जु विश्‍वकर्माको  साथबाट ८० ग्राम लागु औषध गाँजा जस्तो देखिने धुलो र पातबाट बनेको ४ (चार) वटा सुल्पा सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१८

    कैलाली:-  कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७७,०००।– बराबरको कपडा,प्लाष्टिक पोलिथिन लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भि.न.पा. वडा नं ११ गड्डाचौकी स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०६,९००।– बराबरको पटाकाहरु बुधबार इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

फरार प्रतिवादी पक्राउ
२०८३-०५-१६

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष कैद सजाय र रु.२,०००।- (दुई हजार)  जरिवाना तोकिएको जोशीपुर गा.पा.५ बस्ने वर्ष ४० को टेक बहादुर मौनीलाई इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।      दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको मिति २०८२।१०।१८ गतेको फैसलाले लागूऔषध (चरेश) मुद्दामा ९ दिन कैद सजाय तोकिएको महाकाली न.पा.४ बस्ने वर्ष २२ को बिजय टमटालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१६

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,३९,०००।– बराबरको सुटपिस, कुर्ति, सुर्ति लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ५ तिनताराबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३४,७३८।– बराबरको मुकुट, माला, चोली, बासुरी लगायतका सामानहरु सोमबार अस्थायी प्रहरी बिट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।