प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०७-१४

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८१।०७।१३ गते २०:३० बजेको समयमा गोप्य सूचनाको आधारमा  इलाका प्रहरी कार्यालय त्रिभूवनबस्ती, लागू औषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट IBRD, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जिल्ला कञ्चनपुर, पुर्नवास न.पा.३ IBRD बजारबाट जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ हसनपुर बस्ने वर्ष ३१ को अमित कुमार वर्णवारको साथबाट ११८ ग्राम ३६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा निज, उक्त पदार्थ र निजको साथमा रहेकी जिल्ला कञ्चनपुर, बेलौरी न.पा.२ टेडुवा बस्ने वर्ष ४० की सिता देवी चौधरीलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

     कैलाली:- मिति २०८१।०७।१३ गते १८:०५ बजेको समयमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, जानकी गा.पा.७ मोतिनगर स्थित सडक छेउमा भत्केको पुरानो घरको कोठा भित्र सामुहिक रुपमा लागु औषध गाँजा सेवन गरिरहेको अवस्थामा जिल्ला कैलाली, जानकी गा.पा.७ बस्ने बर्ष २२ को बिक्रम विश्‍वकर्मा, बर्ष १९ को प्रविन सिंह, बर्ष २१ को बिरेन्द्र बि.क., बर्ष २१ को रिजन विश्‍वकर्मा, बर्ष २२ को राहुल बि.क. ऐ. बर्दगोरिया गा.पा.४ बौनिया बस्ने बर्ष १९ को हेमन्त तिरुवा, बर्ष २६ को तेजश विश्‍वकर्मा र बर्ष २५ को बिर्जु विश्‍वकर्माको  साथबाट ८० ग्राम लागु औषध गाँजा जस्तो देखिने धुलो र पातबाट बनेको ४ (चार) वटा सुल्पा सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०८

     कैलाली:- मिति २०८२।१०।०६ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ त्रिनगर व्यारेल नजिकबाट ऐ.७ बस्ने बर्ष २८ को फुलचन राना र ऐ.१६ बस्ने बर्ष २० को विवेक रानालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ७६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, साथै पक्राउ परेका दुई जना मध्ये फुलचन राना सम्मानित जिल्ला अदालत कैलालीबाट लागूऔषध मुद्दामा २ महिना २६ दिन कैद सजाय तोकिएको फरार प्रतिवादि समेत रहेको खुल्न आएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी, मिति २०८२।१०।०६ गते २३:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ शहिदगेटबाट सोही ठाउँ बस्ने बर्ष २१ को सन्दिप अधिकारी समेत दुई जनालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट Pregabalin ट्यापलेट थान-१४ र एन्टिकप ट्यापलेट थान-६  प्रतिवन्धित लागूऔषध फेला पारी उक्त लागूऔषध सहित दुवै जनालाई अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।     कञ्चनपुर:-  मिति २०८२।१०।०६  गते १३:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.८ जनप्रिय सामुदायिक वन भित्र वसि रहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष २४ को रोहित खत्री र ऐ.९ बस्ने बर्ष २९ को शेर बहादुर ठकुरीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ५९०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।    यसैगरी,  मिति २०८२।१०।०६  गते १४:४० बजेको समयमा लागूऔषधको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ मछलिपुल नजिकबाट ऐ.५ गजरौला बस्ने वर्ष ३० को कमल किशोर भट्टलाई चेकजाँच गर्दा निजको साथबाट ४०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।