प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा २६ जना पक्राउ

२०८१-०७-१४

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०७।१४ गते ०१:२० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा. ८ हरीनगर बस्ने प्रदिप भुलको घरबाट जुवातास खेलिरहेको अवस्थामा निज प्रदिप भुल सहित ९ (नौ) जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु. ६१,२३०।-, २ गड्डी तास र बा.प्र.०२-०४१ प १८५४ नम्बरको स्कुटी सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।     

    कञ्चनपुर :- मिति २०८१।०७।१४ गते ००:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ५ बनगाँउ स्थित बर्ष ३२ को भिम घटालको घरबाट जुवातास खेलिरहेको अवस्थामा निज भिम घटाल सहित १२ (बाह्र) जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद रु. ८२,३२२।- र ६ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।     

     बझाङ :- मिति २०८१।०७।१४ गते ०२:४० बजेको समयमा जिल्ला बझाङ, जयपृथ्वी न.पा.९ सिमखेत बस्ने बर्ष ६५ को बजुर खड्काको कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा निज बजुर खड्कासहित ५ (पाँच) जनालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले नगद रु. ६६,१३०।- र २ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।     

सम्बन्धित समाचार
अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-१९

    कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मोति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १८० मिलिग्राम सहित सोही उ.म.न.पा.१५ बस्ने वर्ष २२ को राधेश्याम चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ कान्तिपुर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६६० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष १९ प्रबत चौधरी, कैलारी गा.पा.५ बस्ने वर्ष २० को सुजित चौधरी र ऐ. बस्ने वर्ष ४२ को श्याम बहादुर चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार बेलुकी शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१८

    कैलाली:-  कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७७,०००।– बराबरको कपडा,प्लाष्टिक पोलिथिन लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भि.न.पा. वडा नं ११ गड्डाचौकी स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०६,९००।– बराबरको पटाकाहरु बुधबार इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।