प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस पक्राउ

२०७९-१२-०९

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।१२।०८ गते ईलाका प्रहरी कार्यालय भजनीवाट खटिएको स्वीप अप्रेशन प्रहरी टोलीले जिल्ला कैलाली भजनी नगरपालीका ५ मिलनपुर स्थित जिल्ला कैलाली घोडाघोडी न.पा. ८ बस्ने बर्ष २१  लक्ष्मण शाहीले चलाएको से २ प ८५७१ नं.को मोसा. चेकजाँच गर्ने क्रममा निजको साथबाट ३.५ ग्राम ला.औ. खैरो हिरोईन फेला पारी मो.सा. सहित निजलाई प्रहरीले पक्राउ गरेको हो । 

कञ्चनपुर:-यसैगरि बुधवार साँझ ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ स्थित ऐ.४ भगतपुर बस्ने बर्ष २८ को अजय कार्कीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट रेक्सोजेसिक (rexogesic) नामक २३ थान र डाईजापाम नामक ७ थान गरी जम्मा ३० थान अबैंध लागुऔषध सहित निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-०४

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ चटकपुर नजिकबाट, भजनी न.पा.०६ नवलपुर र टिकापुर न.पा.१ सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३९,१००।–बराबरको प्याज,सुर्ती,चिनी,खानेतेल लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।          कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,०६,२००।- (एक लाख छ हजार दुइ सय) बराबरको ब्लाउज थान कपडा, सेतो थान कपडा, कालो पोलिथिन, रिफाईन्ड तेल, डाल्डा, चरिको बिउ,चप्पल,ब्रेक-सु,मोटरसाईकलको हेडलाईट,कोराजिन औषधी लगायतका सामानहरु सोमबार ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागि प्रहरीले भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको हो ।

फरार प्रतिवादी पक्राउ
२०८१-०१-०४

   कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।   निम्न:-१. चोरी मुद्दामा रु.४,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा.१ बस्ने बर्ष २२ को दिनेश वि.क. ।  २. कुटपिट मुद्दामा रु.५,००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष ४५ को चन्द्र प्रकाश कोइराला ।  ३. कुटपिट मुद्दामा रु.५,००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष ३४ को जगत प्रकाश कोईराला ।  ४. बन मुद्दामा रु.१,८००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने बर्ष ६० को रतन लाल सार्की ।   

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-०३

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट र गोदावरी न.पा.१ मनहराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९१,४४०।–बराबरको प्याज,सुर्ती,साडी,लेडिज सुट लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।           कञ्चनपुर:- जिल्ला कञ्चनपुर,बेलौरी न.पा.८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १९,६००।–बराबरको आलु,छिद्रा माछा,साईकल लगायतका सामानहरु आईतबार प्रहरी चौकी पचुईबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।