ट्याक्टरबाट खसेर मानिसको मृत्यु
२०८०-०३-०६
- A
- A-
- A+
कैलाली:-मिति २०८०।०३।०५ गते साँझतिर जिल्ला कैलाली घोडाघोडी न.पा.६ झलझलीया स्थित भित्री सडक खण्डमा जिल्ला कैलाली बर्दगोरिया गा.पा.३ खैरेनी शिबिर बस्ने बर्ष २७ को सुबाष चौधरीले चलाएको ना ४ त ८७१५ नं.को ट्याक्टरमा सवार ऐ.ऐ.बस्ने बर्ष २७ को अर्जुन चौधरी उक्त ट्याक्टरबाट खस्न गई गम्भिर घाईते भई घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त ट्याक्टर, चालकलाई प्रहरीले नियन्त्रणमा लिई, यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय सुखडले थप अनुसन्धान गरिरहेको छ ।