अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-२९
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका-८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ९ ग्राम ७ सय २० मिलिग्राम सहित जिल्ला कैलाली गोदावरी नगरपालिका-२ बनखेत बस्ने वर्ष २५ को प्रकाश साउँद र वर्ष २२ को छबि साउँदलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।