भरुवा बन्दुक सहित मानिस पक्राउ
२०८३-०७-२९
- A
- A-
- A+
बैतडी:- जिल्ला बैतडी दोगडाकेदार गा.पा.३ चमडीया बस्ने वर्ष २७ को लोकेश ऐरीले आफ्नै घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा शनिबार दिउँसो अस्थायी प्रहरी पोष्ट सतबाँज, बैतडीबाट खटिएको प्रहरी टोलीले निजको घरमा खानतलासी गर्दा उक्त बन्दुक फेला पारी बन्दुक सहित निजलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।