जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
२०८३-०७-२९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली घोडाघोडी न.पा.२ साडेपानी स्थित सैनिक होटलमा जुवातास भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने वर्ष ४७ को नमराज विष्ट समेत १० जनालाई शनिबार बेलुकी इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु.६०,१७५।- ( सठ्ठी हजार एक सय पचहत्तर ) र १ गड्डी तास सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।