चितुवाको छाला सहित दुई जना नियन्त्रणमा
२०८३-०७-२८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ नयाँराम होटल नजिकबाट चितुवाको छाला थान-१ सहित जिल्ला बझाङ, छबिस पाथिभेरा गा.पा.३ बस्ने वर्ष ३६ को अशोक धामी र जिल्ला कैलाली, टीकापुर न.पा.३ बस्ने वर्ष ४७ की सिता देबी चौधरीलाई शुक्रबार दिउँसो शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त छाला सहित फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागी डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको छ ।