जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
२०८३-०७-२५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली बर्दगोरिया गा.पा.६ राजिपुर स्थित वर्ष ४१ को शिवरतन थारुको घरमा जुवातास भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा जुवातास खेलिरहेको अवस्थामा निज शिवरतन थारु समेत ८ जनालाई गएराति इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु.६४,७७०।- (चौसठ्ठी हजार सात सय सत्तरी) र ३ गड्डी तास सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।