आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८३-०७-२५
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.८ “क” गाँउ बस्ने वर्ष २४ को सुरज शाहको घरमा बिद्युतको लाइन सर्ट भई मंगलबार राति आगलागी हुँदा खाद्यान्न, भाँडावर्तन, स्कुटी, साइकल लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.५,००,०००।– (पाँच लाख) बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको हो ।