प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखबाट मातहत प्रहरी कार्यालय प्रमुखहरुलाई निर्देशन

२०८०-१०-१५

  • A
  • A-
  • A+
Share


धनगढी, १५ माघ ।

    आज मिति २०८०।१०।१५ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीमा एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूले प्रदेश अन्तर्गत तराई जिल्लामा रहेका प्रहरी कार्यालयका कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । उहाँले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा आवश्यक निर्देशन दिनु भयो ।

    उक्त अवसरमा उहाँले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुले नि:स्वार्थ सेवा प्रवाह, निष्ठावान, ईमानदार एवम् सिर्जनशील भई अबैध क्रियाकलाप रोकथाम, तस्करी नियन्त्रण,यात्रुमैत्री व्यवहार,Smart Policing,आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडित वर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई प्रभावकारी रुपमा सम्बोधन गर्नुका साथै नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरी सेवा प्रदान गर्न समेत निर्देशन दिनुभयो

    उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलाली,नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगर,सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली,कञ्चनपुर, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढी,बिपद व्यवस्थापन गुल्म महेन्द्रनगर र सुदूरपश्चिम प्रदेश प्रहरी बिद्यालय धनगढीमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरु समेतको उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-१०-१५

    कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले किर्ते मुद्दामा रु.१५,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा. ९ झलारी बस्ने बर्ष ४८ को मान बहादुर कुँवरलाई  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।१३  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।  यसैगरी :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले बहुविबाह मुद्दामा १ वर्ष कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर पुनर्वास न.पा.७ पुनर्वास बस्ने बर्ष ३८ को धन बहादुर चौधरीलाई  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।१३  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।  

सवारी दुर्घटनामा मृत्यु, घाईते
२०८२-१०-१३

      कैलाली:- मिति २०८२।१०।१२ गते २२:०५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.९ खुटिया पुलमा सु.प.प्र.०१-००१ च ३६१८ नम्बरको  एम्वुलेन्सले सोही दिशा तर्फ रोकी राखेको लु ५ त ३२२ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिंदा ट्याक्टरको छेउमा उभिएको जिल्ला कैलाली, कैलारी गा.पा.५ पवेरा वस्ने वर्ष ३० को अक्षय चौधरी गम्भिर घाइते भइ उपचारको लागी निसर्ग अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा २२:१२ बजेको समयमा मृत्यू भएको, सोही ट्याक्टरमा सवार जिल्ला कैलाली, गोदावरी न.पा.९ वल्मी टोल बस्ने बर्ष ६० को साँकी चौधरी समेत घाइते भई निजको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको, एम्वुलेन्स र एम्वुलेन्स चालक जिल्ला कैलाली, घोडाघोडी न.पा.०१ बस्ने बर्ष २५ को प्रवेश चौधरीलाई अस्थायी प्रहरी बिट स्याउले, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको  । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१३

      कैलाली:- मिति २०८२।१०।१२ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० सिमलघाटबाट सोही ठाउँ बस्ने २४ को राम नारायण रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २ ग्राम २१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।           कञ्चनपुर:-  मिति २०८२।१०।१२ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ होल्डिङ्ग सेन्टर नजिकबाट ऐ.१० तिल्केनीटोल बस्ने बर्ष २३ को ऐश्वर्या बिष्टलाई भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३ ग्राम ६१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी, मिति २०८२।१०।१२ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाटबाट ऐ.७ बस्ने बर्ष २० को अमित राना र ऐ.बस्ने बर्ष २० को समिर चौधरीलाई भारतबाट नेपाल तर्फ शंकास्पद आउदै गरेको अवस्थामा चेकजाँच गर्दा निजहरुको साथबाट ५३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी, मिति २०८२।१०।१२ गते १७:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेको बा ७८ प ६७५९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला बझाङ, जयपृथ्बी न.पा.३ पणेश बस्ती बस्ने बर्ष २६ को दिनेश बिष्टको साथबाट १ ग्राम ५९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।