प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखबाट मातहत प्रहरी कार्यालय प्रमुखहरुलाई निर्देशन

२०८०-१०-१५

  • A
  • A-
  • A+
Share


धनगढी, १५ माघ ।

    आज मिति २०८०।१०।१५ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीमा एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूले प्रदेश अन्तर्गत तराई जिल्लामा रहेका प्रहरी कार्यालयका कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । उहाँले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा आवश्यक निर्देशन दिनु भयो ।

    उक्त अवसरमा उहाँले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुले नि:स्वार्थ सेवा प्रवाह, निष्ठावान, ईमानदार एवम् सिर्जनशील भई अबैध क्रियाकलाप रोकथाम, तस्करी नियन्त्रण,यात्रुमैत्री व्यवहार,Smart Policing,आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडित वर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई प्रभावकारी रुपमा सम्बोधन गर्नुका साथै नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरी सेवा प्रदान गर्न समेत निर्देशन दिनुभयो

    उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलाली,नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगर,सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली,कञ्चनपुर, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढी,बिपद व्यवस्थापन गुल्म महेन्द्रनगर र सुदूरपश्चिम प्रदेश प्रहरी बिद्यालय धनगढीमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरु समेतको उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१८

    कैलाली:-  कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७७,०००।– बराबरको कपडा,प्लाष्टिक पोलिथिन लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भि.न.पा. वडा नं ११ गड्डाचौकी स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०६,९००।– बराबरको पटाकाहरु बुधबार इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

फरार प्रतिवादी पक्राउ
२०८३-०५-१६

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष कैद सजाय र रु.२,०००।- (दुई हजार)  जरिवाना तोकिएको जोशीपुर गा.पा.५ बस्ने वर्ष ४० को टेक बहादुर मौनीलाई इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।      दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको मिति २०८२।१०।१८ गतेको फैसलाले लागूऔषध (चरेश) मुद्दामा ९ दिन कैद सजाय तोकिएको महाकाली न.पा.४ बस्ने वर्ष २२ को बिजय टमटालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१६

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,३९,०००।– बराबरको सुटपिस, कुर्ति, सुर्ति लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ५ तिनताराबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३४,७३८।– बराबरको मुकुट, माला, चोली, बासुरी लगायतका सामानहरु सोमबार अस्थायी प्रहरी बिट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।