प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : हानिकारक हतियार
भरुवा बन्दुक सहित २ जना मानिस पक्राउ
२०८१-०५-२२

अछाम:- मिति २०८१।०५।२१ गते १५:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय कालेकाँडा, अछामबाट खटि गएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा घर तथा वारिमा खाँनतलासी गर्दा जिल्ला अछाम, पञ्चदेवल बिनायक न.पा.९ ओखरगैरा बस्ने ६८ को नन्दराम साउँदले आफ्नै घर नजिक बारीमा लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक थान -१ , ऐ.को सिसाको गोली थान- १३ वटा र बारुद र सोही ठाउँ बस्ने बर्ष ६७ को चिन कार्कीले आफ्नै घरको सुत्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा  एक नाले भरुवा बन्दुक थान -१ (एक), ऐ. को सिसाको गोली थान- ९ वटा र बारुद सहित फेला पारी उक्त भरुवा बन्दुक, सिसा र बारुद समेत फेला परेकोमा निजहरुलाई बरामद उल्लेखित हातहतियार सहित नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 

रिबल्बर पेस्तोल सहित दुई जना पक्राउ
२०८०-१२-२४

कैलाली:- जिल्ला कैलाली, मोहन्याल गा.पा. ६ सोल्टा बजार बस्ने धना देवी शाहीको घरबाट अबैध हतियार(रिबल्बर पेस्तोल) सहित मोहन्याल गा.पा. ७ कुईने बस्ने १८ बर्षिय किशोर र जिल्ला सुर्खेत पञ्चपुरी न.पा. ११ बस्ने १८ बर्षिय किशोर समेत दुई जानालाई प्रहरीले शुक्रबार राती पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्की र ईलाका प्रहरी कार्यालय सुगरखाल, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजको घरमा खानतलासी गर्दा १ थान रिबल्बर पेस्तोल फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पेस्तोल निज दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।