प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : सार्वजनिक जमघट
जुवातास खेलिरहेको अबस्थामा पक्राउ ।
२०८१-०५-०७

   डडेल्धुरा:- मिति २०८१।०५।०६ गते १६:४५ बजेको समयमा गोप्य सूचनाको आधारमा जिल्ला डडेल्धुरा, अमरगढी न.पा ५ तुफानडाँडा स्थित खडक देउवाको घरकोठामा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा निज सडक देउवा सहित ६ जना मानिसहरुलाई  नगद रु. १२,३५५।- र १६० पत्ता तास सहित नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  ।       बैतडी:- मिति २०८१।०५।०६ गते १७:४५ बजेको समयमा गोप्य सूचनाको आधारमा जिल्ला बैतडी, पाटन न.पा.४ मोहनपुर स्थित बर्ष ४२ को गणेश सिंह बिष्टले सञ्चालन गरेको अन्नपुर्ण होटेलमा इलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त होटेलबाट जुवातास खेलिरहेको अवस्थामा  निज गणेश सिंह बिष्ट (होटल साहु) सहित ५ जना मानिसहरुलाई  नगद रु. ६२,७७०।- र १ गड्डी तास सहित नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
२०८१-०५-०५

अछाम, ५ भदौकमलबजार नगरपालिका-२ बस्ने दुर्गा रावतको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३५ वर्षीय पदम थापा, सोही नगरपालिका-२ बस्ने ३७ वर्षीय खडक बिष्ट, सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय मन बहादुर चलाउने, सोही नगरपालिका-१ बस्ने ४३ वर्षीय नरेन्द्र ढकाल, तुर्माखाँद गाउँपालिका-३ बस्ने २६ वर्षीय प्रेम नेपाली, सोही गाउँपालिका-३ बस्ने ३० वर्षीय बिमल विक, पञ्चदेवल बिनायक नगरपालिका-५ बस्ने २४ वर्षीय जगत बहादुर शाही र बाजुरा बुढिगंगा नगरपालिका-६ बस्ने ४६ वर्षीय शेर बहादुर विक रहेका छन् । इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ९ सय ७५ रूपैयाँ, मोबाइल ९ थान र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

समझदारी पत्रमा हस्ताक्षर
२०८०-०६-०१

धनगढी, ०१ गते असोज,   आज मिति २०८०।०६।०१ गतेका दिन धनगढी उप-महानगरपालिका र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलाली बीच धनगढी उप-महानगरपालिका वडा नं.१४ स्थित जेष्ठ नागरिक भवनमा आसरा सुधार केन्द्र फुलबारी स्थापना गर्ने समझदारी भएको छ । धनगढी उप-महानगरपालिकाका नगर प्रमुख श्री गोपाल हमाल ज्यू र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीका प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराज्यू बीच समझदारी पत्रमा हस्ताक्षर भई समझदारी पत्र आदान प्रदान गर्नु भएको हो । धनगढी उप-महानगरपालिका नगर कार्य पालिकाको कार्यालयको नवौं स्थापना दिवसको बिशेष समारोह,२०८० को कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्रदेश अन्तरगत लागू औषधको दुर्व्यसनीहरुलाई सुपथ शुल्कमा गुणस्तरिय उपचारको ब्यबस्था गरि असल र सिर्जनशिल नागरिक बनाई परिवार र समाजमा पुन:स्थापना गर्नु सुधार केन्द्रको उद्देश्य रहेको छ ।  

जुवातास खेलिरहेका मानिसहरु पक्राउ
२०८०-०२-१६

कञ्चनपुर- वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भि.न.पा.४ बसपार्क स्थित लाल बहादुर चौधरीले सञ्चालन गरेको रतगैया होटेलबाट  सोमबार दिउसो जुवातास खेलिरहेको अबस्थामा लाल बहादुर चौधरी सहित निम्न स्थान बस्ने १० जना मानिसहरु, नगद रु. १,५६,२९५।- ( एक लाख छपन्न हजार दुई सय पञ्चानब्बे), ६ गड्डी तास र मोबायल थान-११ सहित  प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।                                निम्न:-१. जिल्ला कञ्चनपुर भि.न.पा.४ बस्ने लाल बहादुर चौधरी २. ऐ.ऐ. बस्ने बर्ष ४९ को मुन्ना भन्ने धिरेन्द्र चौधरी३. ऐ.ऐ. ११  बस्ने बर्ष ३८ को प्रकाश थापा४. ऐ.ऐ. ४ बस्ने बर्ष ३६ को  सञ्जु राना मगर५. ऐ.ऐ. १८ बस्ने बर्ष ३७ को नारायण चन्द६. ऐ.ऐ. १ बस्ने बर्ष ३२ को राकेश साँउद७. ऐ.ऐ. बस्ने बर्ष ४४ को  देब राज नाथ८. ऐ.ऐ. बस्ने बर्ष ४० को शेर सिंह बिष्ट९. ऐ.ऐ. बस्ने बर्ष ३५ को धर्मानन्द भट्ट१०. ऐ.ऐ. बस्ने बर्ष ३५ को हर्क बोहोरा