प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०६-२५

  • A
  • A-
  • A+
Share

    कैलाली:- सम्मानित कैलाली जिल्ला अदालतको फैसलाले लागु औषध(खैरो हेरोईन) मुद्दामा १ महिना २० दिन कैद तोकीई फरार रहेको प्रतिवादी जिल्ला कैलाली जानकी गा.पा.१ तोरैयापुर बस्ने बर्ष २६ को ओमकार डेमन रौरा थारुलाई मिति ०८१/०६/२४ गते १६:०० बजे ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले निजको घर ठेगानाबाट नियन्त्रणमा लिएको, सम्मानित कैलाली जिल्ला अदालतमा उपस्थित गराउने पहल भईरहेको ।



सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-०७

कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ मिनि मार्केट स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८४० मिलिग्राम सहित जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.वडा नं १ पशुपति टोल बस्ने वर्ष २४ को जनक खड्कालाई शनिवार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा नं ११ होल्डिङ सेन्टर स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५७ मिलिग्राम सहित जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा. वडा नं ८ झलारी बस्ने वर्ष २३ को धिरेन्द्र महरालाई शनिवार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी पक्राउ
२०८३-०५-०६

कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा ३ वर्ष कैद सजाय र रु.३०,०००।- ( तिस हजार )  जरिवाना तोकिएको जानकी गा.पा.८ बस्ने बर्ष ४० को रामस्वरुप चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।     डोटी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको मिति २०७५।०८।११ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना २२ दिन कैद सजाय तोकिएको बडिकेदार गा.पा.४ मन्नाकपाडी बस्ने वर्ष ३६ को चन्द्र बहादुर मन्नीलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो सिलगढी बजारबाट पक्राउ गरेको छ ।      अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८३।०१।२४ गतेको फैसलाले हातहतियार सम्बन्धी मुद्दामा ६ महिना कैद सजाय र रु.५,०००।- ( पाँच हजार )  जरिवाना तोकिएको मंगलसेन न.पा.३ बस्ने मोहन बम बोगटीलाई प्रहरी चौकी मंगलसेन, अछामबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।