प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस पक्राउ :-

२०७९-१२-१७

  • A
  • A-
  • A+
Share

डोटी- मिति २०७९।१२।१६ गते विहान जिल्ला प्रहरी कार्यालय डोटीवाट खटिएको प्रहरी टोलीले दिपायल सिलगढी न.पा. ४ राजपुर बस्ने बर्ष २२ को पवन खड्का र ऐ. ६ थाप्ला बस्ने भेष राज धामीलाई ऐ. शिखर न.पा. १० बाण्डुग्रीसैन स्थित चेक पोष्टमा शंका लागि चेकजाँच गर्दा निजहरुको साथवाट १ ग्राम १०० मिलिग्राम लागु औषध खैरो हेरोईन फेला पारी दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो 

कैलाली- मिति २०७९/१२/१६ गते वेलुका ईलका प्रहरी कार्यालय भजनी कैलालीवाट खटिएको प्रहरी टोलीले ऐ भजनी न.पा. ३ कुसुमघाट स्थित चेकजाँच गर्ने क्रममा जिल्ला कैलाली जोशिपुर गा.पा. २ बस्ने बर्ष २६ को कैलाश जैशीले चलाएको सु.प.प्र.०१००७ प.९४४० नं.को मोसा चेकजाँच गर्ने क्रममा ऐ.मो.सा. पछाडि सवार ऐ.ऐ. बस्ने बर्ष २३ को कृष्ण रेगमीको काँधमा भिरेको झोलाको भित्र प्लास्टिकले बेरेर लुकाएको १०० मिलिग्राम ला.औ. खैरो हिरोईन फेला पारी मो.सा.सहित निज दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।