प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८३-०३-०६

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८३।०३।०५ गतेको फैसलाले चोरी मुद्दामा २ बर्ष कैद सजाय र रु.४०,०००।जरिवाना तोकिएको भिमदत्त न.पा.१८ कटान बस्ने बर्ष ३३ को बिमल नेपालीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
बस दुर्घटना हुँदा १ जनाको मृत्यु
२०८३-०३-०६

    बैतडी:- जिल्ला बैतडी दशरथचन्द न.पा.४ साईलेक स्थित दशरथचन्द राजमार्गमा धनगढीबाट बैतडी तर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ख ३६४६ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी २५/३० मिटर तल खस्न गई शुक्रबार साँझ दुर्घटना हुँदा बसमा सवार सोही न.पा.६ बस्ने वर्ष ३५ को विरेन्द्र बहादुर चन्दको मृत्यु भएको हो, उक्त बसमा सवार ११ जना घाइते मध्ये १ जना थप उपचारको लागि धनगढी रिफर भएको, १ जना घाईतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ भने अन्य ९ जना डिस्चार्ज भइसकेका छन, बस चालक जिल्ला बैतडी, पाटन न.पा.८ बस्ने बर्ष ३७ को केशब सिंह महरालाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।    

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-०६

   कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.८ श्रीलङ्काबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित जिल्ला बर्दिया, राजापुर न.पा.७ भिमापुर बस्ने बर्ष १९ को सनम थारुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ जेपि चोकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ५७० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २५ को बेख लालराना र बर्ष २८ को भक्तु राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरीले निजहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

फरार प्रतिबादी पक्राउ
२०८३-०३-०४

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा ६ महिना कैद सजाय तोकिएकी धनगढी उ.म.न.पा.१३ एयरपोर्ट बस्ने अम्पुरा पाण्डेयलाई वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरीले वुधबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।    यसैगरी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको मिति २०७८।०८।२६ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा १ बर्ष ८ महिना १७ दिन कैद सजाय र रु.२५,०००।– जरिवाना तोकिएको जिल्ला बझाङ, बुङगल न.पा.२ घर भई हाल जिल्ला कैलाली, गोदावरी न.पा. ४ गौरीगडा बस्ने बर्ष ६३ को गगने धामीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,  जिल्ला प्रहरी कार्यालय बझाङ र अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले वुधबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।      बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको मिति २०८२।०२।०६ गतेको फैसलाले कुटपिट सम्बन्धि मुद्दामा २ महिना २ दिन कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको स्वामिकार्तिक खापर गा.पा.३ बस्ने बर्ष ४० को अनिल सिंहलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले वुधबार बडिमालिका न.पा.९ मार्तडी बजारबाट पक्राउ गरेको हो ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-०४

      कैलाली:- जिल्ला कैलाली घोडाघोडी न.पा.७ कृतिपुर स्थित सुखड भजनी खडक खण्डबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ५८० मिलिग्राम सहित ३ जनालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा.१ बस्ने बर्ष २९ को खेमराज मल्ल, बर्ष २९ को बालाराम पोख्रेल र १६ बर्षिय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०८ प २८८८ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।      बैतडी:- जिल्ला बैतडी दशरथचन्द न.पा.४ गोठलापानि बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १४० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष ३१ को प्रविन भट्टलाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।