अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२७
- A
- A-
- A+
कैलाली:- कैलाली
जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी
मूल्य रु.७५,८००।– बराबरको
चिनी, चना,
पानिपुरी, प्लाष्टिक
झिल्ली लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत
कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा
गरी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- कञ्चनपुर
जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी
मूल्य रु.१,०७,८३५।– बराबरको पेय
पदार्थ, चिनी,
किराना लगायतका सामानहरु शुक्रबार जिल्ला
प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे
अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।