प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०५-२७

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा. १५ कनरीबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ६८० मिलिग्राम सहित सोही उ.म.न.पा. ७ बस्ने वर्ष २९ को सुनिल राना र वर्ष ३२ को प्रकाश रानालाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले शुक्रबार साँझ से ४ प ३९९ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।

   यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६४० मिलिग्राम सहित जिल्ला अछाम साँफेबगर न.पा.७ बस्ने वर्ष २० को अभिजन भाटलाई अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२७

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७५,८००।– बराबरको चिनी, चना, पानिपुरी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०७,८३५।– बराबरको पेय पदार्थ, चिनी, किराना लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२६

        कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ धनगढीगाउँबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,१३,४५०।– बराबरको विभिन्न किसिमका कपडा, औषधि, सुर्ति लगायतका सामानहरु बिहीबार राति जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,५९,२५५।– बराबरको पेय पदार्थ, सुटपिस, साडी, धोती, युरिया मल, प्लाष्टिक झिल्ली, कस्मेटिक लगायतका सामानहरु बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

फरार प्रतिबादी पक्राउ
२०८३-०५-२६

     डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०५।२५ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुरा तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।१.      अभद्र व्यवहार मुद्दामा २ महिना १९ दिन कैद सजाय र रु.५,०००।– ( पाँच हजार ) जरिवाना तोकिएको भागेश्वर गा.पा.४ बस्ने वर्ष २३ को सुरेन्द्र राज भट्ट । २.      अवैध हातहतियार मुद्दामा १ वर्ष २ महिना १० दिन कैद सजाय र रु.३०,०००।– ( तिस हजार ) जरिवाना तोकिएको आलिताल गा.पा.४ बस्ने वर्ष ४४ को दिपक बहादुर सिजाली ।

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-२६

    कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ जनआवाज चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ६६० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २२ को सुवास रानालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट मनेहरा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी,  जिल्ला कैलाली टीकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ९४० मिलिग्राम सहित जिल्ला बर्दिया, गेरुवा गा.पा.३ शान्तीबजार बस्ने १८ वर्षिय र १७ वर्षिय २ जना किशोरलाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ भासी स्थित लागूऔषध (खैरो हेरोईन) को कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ११ ग्राम सहित सोही न.पा.११ घर भई हाल भिमदत्त न.पा.४ भासी कोठा गरि बस्ने वर्ष ३३ को राजेश थापामगर र शुक्लाफाँटा न.पा.१२ कालागौडी बस्ने वर्ष ५३ की सुनिया चौधरीलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो राजेश थापामगरको कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।