अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२८
- A
- A-
- A+
कैलाली:- कैलाली
जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी
मूल्य रु.१,७६,७१०।– बराबरको
बिडी, सुर्ति,
गुट्खा, हुक,
रबर, बेकरी
लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट
खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा
लिएको छ ।