अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-२८
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली टीकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो
पदार्थ १ ग्राम १५० मिलिग्राम सहित सोही न.पा.१ बस्ने वर्ष २८ को आशिष कुमार
महतोलाई प्रहरी चौकी कालाकुण्डा,
कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुकी शंका लागि चेकजाँच गर्दा उक्त
पदार्थ फेला पारी पक्राउ गरेको छ । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।