अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली भजनी
न.पा.३ कुसुमघाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य
रु.७५,६००।– बराबरको
चिनी, प्याज, बिडी,
सुर्ति, सरप, आलु,
प्लाष्टिक झिल्ली लगायतका सामानहरु आइतबार इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट
खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी
नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- कञ्चनपुर
जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी
मूल्य रु.१,२०,३८०।– बराबरको
पेय पदार्थ, विभिन्न
प्रकारका कपडा, सुर्ति,
खाने तेल, नमकिन,
हाडवेयर लगायतका सामानहरु आइतबार जिल्ला
प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे
अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।