सवारी दुर्घटना हुँदा मृत्यु, घाइते
२०८३-०५-२९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ मिलनचोक स्थित ऐ.आदर्श टोल बस्ने वर्ष १८ को अंकित गुप्ताले चलाएको सु.प.प्र.०१-००२ स ६११ नम्बरको अटोले बाटो काट्ने क्रममा घोडाघोडी न.पा.८ बस्ने वर्ष २२ को दिनेश थापाले चलाएको सु.प.प्र.०१-००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.८ “क” गाँउ बस्ने वर्ष १४ को क्रिस गोतामे गम्भिर घाईते भई आइतबार दिउँसो उपचारको लागि मायामेट्रो अस्पताल धनगढी, लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको छ । मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।